• Wednesday 7th of October 2026

नासरको जितमा माने र रोनाल्डोको गोल


  • धनकुटा खबर
  • .

एजेन्सी । साडियो मानेको दुई र क्रिस्टियानो रोनाल्डोको एक गोलको सहायताले साउदी प्रो-लिगमा अल नासरले जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा नासरले अल ओरोवाहमाथि ३-० गोलको जित निकालेको हो ।

जितसँगै तेस्रो स्थानको नासरले ६ खेलमा १४ अंक जोडेको छ । पराजित ओरोवाह सात अंकसहित ११औं स्थानमा छ ।

गए राति खेलको १७औं मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई सुरुआती अग्रता दिलाएका थिए । ३९ वर्षका रोनाल्डोले आफ्नो करिअरको ९०५ गोल गरेका हुन् ।

खेलको २९औं मिनेटमा गोल गर्दै नासरको अग्रता दोब्बर बनाएका मानेले ७१औं मिनेटमा अर्को एक गोल थपे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖