• Wednesday 7th of October 2026

अनिल सहित सागर, शाहब र विवेक १५ लाखमा बिक्री


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडी आबद्ध गर्न अहिले अक्सन भइरहेको छ।

एनपिएलमा आबद्ध आठ टोलीले खेलाडी टोलीमा आबद्ध गर्न बोली लगाइरहेका छन्।

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको छ। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरी २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको छ। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रहेको छ।

यता ६ टोलीले बोली लगाएपछि ललित राजवंशीलाई जनकपुर बोल्टले टोलीमा आबद्ध गर्न सफल भएको छ।

यता लोकेश बमका लागि जनकपुरबाहेक सबैले बोली लगाएका थिए। जसमा विराटनगर किंग्सले गोलाप्रथाबाट टिममा आबद्ध गर्न सफल भयो।

यस्तै अनिलकुमार साह, शाहब अलाम, सागर ढकाल र विवेक यादवलाई पनि एकभन्दा बढी टोलीले बोली लगाएका छन्। यससँगै ए क्याटागोरीका ललित, लोकेश बम, अनिलकुमार साह, सागर ढकाल, प्रतिश जिसी र विवेक यादव १५-१५ लाखमा बिक्री भएका छन्।

ए क्याटागोरीका रिजन ढकाल न्यूनतम मूल्यमा बिक्री भए। तर ए क्याटागोरीकै हेमन्त धामी र कमलसिंह ऐरी पहिलो चरणमा बिक्री भएननन्। यस्तै राष्ट्रिय टोलीबाट खेलेका नरेश बुढाऐर पनि बिक्री हुन सकेनन्।

अहिलेसम्म बिक्री भएका खेलाडी

रिजन ढकाल – चितवन राइनोज – १० लाख – ए क्याटागोरी
सुवास भण्डारी – विराटनगर किंग्स – २ लाख ५० हजार – सी क्याटागोरी
आसुतोष घिरैया- लुम्बिनी लायन्स – १० लाख – बी क्याटागोरी
भोजराज भट्ट – सुदूरपश्चिम रोयल्यस – ४ लाख ५० हजार- सी क्याटागोरी

ललित राजवंशी – जनकपुर बोल्ट्स- १५ लाख – ए क्याटागोरी
सूर्य तामाङ – लुम्बिनी लायन्स – १५ लाख- ए क्याटागोरी
लोकेश बम – विराटनगर किंग्स– १५ लाख – ए क्याटागोरी
नरेश भट्ट – विराटनगर किंग्स – २ लाख- सी क्याटागोरी
विपिन रावल – चितवन राइनोज – ८ लाख – बी क्याटागोरी
दिनेश खरेल – पोखरा एभेन्जर्स – २ लाख – सी क्याटागोरी
अरनिकोप्रसाद यादव – जनकपुर बोल्ट- २ लाख २५ हजार- सी क्याटागोरी

दिपेन्द्र रावत – कर्णाली यादव – ३ लाख – सी क्याटागोरी
रुपेशकुमार सिंह – जनकपुर बोल्स – १० लाख– बी क्याटागोरी
रन्जित कुमार – चितवन राइनोज – ३ लाख – सी क्याटागोरी
प्रतिश जिसी – विराटनगर किंग्स- १५ लाख रुपैयाँ- ए क्याटागोरी
दिपेश कँडेल – काठमाडौं गोर्खाज – ५ लाख रुपैयाँ- बी क्याटागोरी
दिनेश अधिकारी – लुम्बिनी लायन्स – २ लाख ७५ हजार रुपैयाँ – सी क्याटागोरी

रित गौतम- कर्णाली याक्स – ५ लाख – बी क्याटागोरी
सन्तोष कार्की – चितवन राइनोज– ५ लाख – बी क्याटागोरी
सुमित महर्जन – काठमाडौं गोर्खाज – ५ लाख – बी क्याटागोरी
अमित श्रेष्ठ – सुदूरपश्चिम रोयल्स – २ लाख ५० हजार – सी क्याटागोरी

शाहब अलाम – काठमाडौं गोर्खाज – १५ लाख – ए क्याटागोरी
दीपक डुम्रे – कर्णाली याक्स – ३ लाख – सी क्याटागोरी
किरणकुमार ठगुन्ना – पोखरा एभेन्जर्स- १० लाख- बी क्याटागोरी
सागर ढकाल – पोखरा एभेन्जर्स – १५ लाख – ए क्याटागोरी
विवेक यादव – लुम्बिनी लायन्स – १५ लाख – ए क्याटागोरी
नारायण जोशी – पोखरा एभेन्जर्स – १० लाख- बी क्याटागोरी
शंकर राना – काठमाडौं गोर्खाज – ९ लाख ५० लाख – बी क्याटागोरी
जितेन्द्र मुखिया – विराटनगर किंग्स – ५ लाख – बी क्याटागोरी
अनिलकुमार साह – जनकपुर बोल्ट – १५ लाख – ए क्याटागोरी
दुर्गेश गुप्ता – लुम्बिनी लायन्स – ८ लाख – बी क्याटागोरी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖