• Wednesday 7th of October 2026

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल


  • धनकुटा खबर
  • .

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलको सहायतमा बार्सिलोनाले स्पेनी ला लिगामा अलाभेसमाथि सहज जित निकालेको छ ।

आइतबार राति अलाभेसको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोना ३-० गोलको सहज जित निकालेको हो ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले नौ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिडसँग समान खेलमा २१ अंक छ ।

मेन्डीजोरोर्रामा बार्सिलोनालाई जिताउन लेवान्डोस्की एक्लैले तीन गोल गरे । उनले ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

खेलको सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका लेवान्डोस्कीले २२ र ३२ औं मिनेटमा गोल थपेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖