• Wednesday 7th of October 2026

यी हुन् एनपीएलका सर्वाधिक महँगा खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १२ जना सर्वाधिक महँगो खेलाडी बनेका छन्।

८ टीममध्ये ७ टीमले १५ लाख खर्चेर आफ्नो टीममा खेलाडी खरिद गरेका छन्। आइतवार भएको अक्सनमा गुल्शन झा र अनिल कुमार साहलाई सबै टीमले खरिद गर्न चाहेका थिए। तर, गुल्शनलाई लकि ड्रमार्फत् कर्णाली याक्सले पायो भने अनिललाई जनकपुर बोल्ट्सले पायो। यी दुबै खेलाडीलाई १५/१५ लाखमा खरिद गरियो।

१ सय ६४ खेलाडी सहभागी भएको एनपीएल अक्सनमा ८० जना खेलाडी बिक्री भए।

यी हुन् एनपीएलका सर्वाधिक महँगो १२ खेलाडीः

कर्णाली याक्स

गुल्शन कुमार झा (१५ लाख)

लुम्बिनी लायन्स

सूर्य तामाङ (१५ लाख)

विवेक यादव (१५ लाख)

सन्दीप जोरा (१५ लाख)

सुदूरपश्चिम रोयल्स

आरिफ शेख (१५ लाख)

विराटनगर किंग्स

लोकेश बम (१५ लाख)

प्रतिश जि.सी (१५ लाख)

जनकपुर बोल्ट्स

ललित राजवंशी (१५ लाख)

अनिल कुमार साह (१५ लाख)

काठमाडौं गुर्खाज

साहब आलम (१५ लाख)

भीम सार्की (१५ लाख)

पोखरा एभेन्जर्स

सागर ढकाल (१५ लाख)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖