• Wednesday 7th of October 2026

महिला टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हरायो


  • धनकुटा खबर
  • .

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ ।

शारजाहमा गएराति भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटियो ।

न्युजिल्यान्डका अमेलिया केरले २९ रन बनाइन । अष्ट्रेलियाका लागि मेगान स्कहटर र अनावेल सुटरल्यान्डले समान ३ विकेट लिइन ।

त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
अष्ट्रेलियाका वेथ मोनेले सर्वाधिक ४० रन बनाइन । न्युजिल्यान्डका अमेलिया केरले ४ विकेट लिइन ।

अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖