• Wednesday 7th of October 2026

महिला टी–२० विश्वकपः श्रीलंकामाथि भारतको शानदार जित, सेमिफाइनल पुग्ने आशा कायमै


  • धनकुटा खबर
  • .

एजेन्सी । यूएईमा जारी महिला टी–२० विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ दशमलव ५ ओभरमा ९० रन बनाएर अलआउट हुन पुग्यो ।

श्रीलंकाका लागि कविशा दिल्हारीले सर्वाधिक २१ रन जोडेकी थिइन् । अनुष्का संजिवनीले २० रन र अमा कञ्चनले १९ रनको योगदान दिएकी थिइन् । श्रीलंकाका लागि यी ३ खेलाडीले बाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । भारतका लागि अरुन्धती रेड्डी र आशा शोभनाले समान ३–३ विकेट लिए ।

यस्तै रेणु सिंहले २ विकेट, दीप्ती शर्मा र श्रेयंका पाटिलले समान १–१ विकेट लिए । यो जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा कायमै रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖