• Wednesday 7th of October 2026

इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ – पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४ रनको शतकीय पारी खेलेका थिए भनेअन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।

दोस्रो दिनको खेल सकिदा जामी स्मिथले १२ र ब्रिडन कार्सले २ रन बनाएर खेलिरहेका छन् । त्यसैगरी पाकिस्तानका बलर साजिद खानले ४ विकेट लिए भने नोमन अलीले २ विकेट लिए ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा डेभ्यु खेल खेलिरहेका कमरान घुलामको ११८ रन तथा सैम आयुबको ७७ रनको मद्धतले ३६६ रन बनाएको थियो । अब तेस्रो दिनको खेलमा इङल्याण्डले आफ्नो पहिलो इनिंगलाई निरन्तरता दिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖