• Wednesday 7th of October 2026

दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको लगातार दुई विकेट


  • धनकुटा खबर
  • .

अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अमेरिकाको लगातार दुई विकेट लिएका छन्।
अमेरिका विरुद्धको पहिलो टी-२० खेलमा १६५ रनको लक्ष्य दिएर बलिङ गरिरहेको नेपालका लागि १६ औं ओभरमा ऐरीले लगातार दुई विकेट लिएका हुन्।

उनले ओभरको पहिलो र दोस्रो बलमा विकेट लिए।

१६ औं ओभरको पहिलो बलमा ऐरीले मिलिन्ड कुमारलाई अनिल साहबाट क्याच आउट गराए।

मिलिन्ड कुमार २६ बलमा २२ रन बनाएर खेलिरहेका थिए।

मिलिन्डको विकेटपछि आएका हरमित सिंहलाई ऐरीले दोस्रो बलमा एलबिडब्लु धरापमा पारे।

१६ औं ओभर सकिँदा अमेरिकाले ६ विकेट गुमाएर सय रन बनाएको छ।
यसअघि रिजन ढकाल, करण केसी र गुल्सन झाले एक/एक विकेट लिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖