• Wednesday 7th of October 2026

अमेरिकाविरुद्धको पहिलो टी–२० मा नेपाल १७ रनले विजयी


  • धनकुटा खबर
  • .

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालले जित हात पारेको छ।

अमेरिकाको डल्लासमा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनायो। १६५ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो।

जितसँगै नेपाल ३ खेलको टी–२० सिरिजमा १–० ले अग्रता बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖