• Wednesday 7th of October 2026

यसकारण भारतीय कप्तान रोहित शर्माले मागे माफी


  • धनकुटा खबर
  • .

भारतीय कप्तान रोहित शर्माले माफी मागेका छन्। न्यूजिल्यान्डसँग जारी टेस्टमा भारतको लज्जास्पद प्रदर्शनप्रति उनले माफी मागेका हुन्।

भारत र न्यूजिल्यान्डबीच भारतको बैङ्गलोरमा बिहीवारदेखि टेस्ट म्याच सुरु भएको छ। जहाँ भारतीय टीम पहिलो दिनकै आफ्नो पारीमा जम्मा ४६ रनमा अलआउट भयो भने न्यूजिल्यान्ड दोस्रो दिनको खेल जारी रहँदा बलियो स्थितिमा पुगेको छ।

९२ वर्षको टेस्ट इतिहासमा पहिलोपटक भारत आफ्नै घरमा सबैभन्दा कम स्कोरमा अलाउट भएको हो। जसको जिम्मेवारी लिँदै भारतीय कप्तान शर्माले गल्ती भएको भन्दै माफी मागेका हुन्।

उनले पिचलाई लिएर ठूलो गल्ती भएको भन्दै टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बताए। उनले पिचमा पहिलो सेशन क्रिटिकल हुने सोचेको तर, त्यसो नभएको पनि बताए।

पिचमा धेरै घाँस नभएको कारणले टीममा कुलदीप यादवलाई ल्याएको बताउँदै उनले कुलदीपले यस्तो पिचमा बलिङ्ग गरेको र विकेट पनि लिँदै आएको बताए। तर, हामीले सोँचेको भन्दा उल्टो भएर कम स्कोरमै टीम अलआउट भएको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖