• Wednesday 7th of October 2026

भुटानसँग बराबरीमा रोकियो नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको क्लबले रिलिज नगरेका कारण सावित्राले यो खेल गुमाएकी हुन् ।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ ।

समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖