• Wednesday 7th of October 2026

कुशलको ९२ रनमा नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं। दोस्रो टी २० खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७० रन बनाएको हो।

नेपालका कुशल भूर्तेलले अविजित ९२ र करण केसीले अविजित ६ रन बनाए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनको योगदान गरे।

कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। नेपालको लागि यो उनको नवौं अर्धशतक हो।

यस्तै, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रन बनाए। अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १-१ विकेट लिए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖