काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।
ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।
उनले अमेरिकाका आरोन जोन्स लाई ७ रनमा एलबीडब्लू आउट गरेका हुन्।
यसअघि दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए।
१४ ओभरमा ३ विकेटको क्षतिमा अमेरिकाले ११० रन बनाएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।
