• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

अदालतको अंकुश : धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो ।

मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।

तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।-अनलाइन नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖