काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
बिहीबार राति प्रहरीले चलाएको गोली लागेर पक्राउ पर्नेमा डलर ठगी तथा लुटपाटमा संलग्न सुजन तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा तामाङको दायाँ खुट्टामा गोली लागेको एसएसपी घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
