• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖