• Saturday 28th of November 2026

काठमाडौंको शंखरापुरमा बस दुर्घटना, ११ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौंको शंखरापुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
आइतबार अपराह्न ४ बजे शंखरापुर नगरपालिका-३ लप्सेफेदी जंगलमा मेलम्ची-काठमाडौं सडकखण्डमा बस दुर्घटनामा परेको हो।

हेलम्बुबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९०३६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

उक्त बस पाँचपोखरी गाउँपालिका-५ का ३४ वर्षीय कान्छा तामाङले चलाएका थिए। उनलाई र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

घाइतेको पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल र अर्थोपटडिक अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖