साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा पाकिस्तान र बंगलादेशबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ। पहिलो खेलमा भारतसँग पाकिस्तान ५-२ ले पराजित भएको थियो। बंगलादेशको भने याे पहिलो खेल हो।
