काठमाडौं– अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।
अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।
अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो । अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।
सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।
सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।
नेपाली टोली
आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, देव खनाल, रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, सोमपाल कामी, सागर ढकाल, ललितनारायण राजवंशी, रिजन ढकाल र सन्दीप लामिछाने
