• Tuesday 6th of October 2026

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ – बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको हो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् ।

जारी प्रतियोगितामा भारतले पहिलो खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ भने डिफेन्डिङ च्याम्पियन समेत रहेको बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖