• Tuesday 6th of October 2026

टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन


  • धनकुटा खबर
  • .

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको छ ।

अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोरसँगै नेपालको रेकर्ड तोडिएको हो ।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। जिम्बाब्वेले ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो।

जिम्बाब्वेका लागि ४३ बलमा १३३ रन जोडेका कप्तान सिकन्दर रजाले ७ चौकासहित १५ छक्का प्रहार गरे। तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖