• Tuesday 6th of October 2026

समूह विजेता बन्ने लक्ष्यमा नेपाल


  • धनकुटा खबर
  • .

साफ महिला च्याम्पियनसिप २०२४ मा आज समूह चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘बी’अन्तर्गत आज नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीच खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो साढे एक बजे भुटान र माल्दिभ्सबीच खेल हुँदैछ।

नेपाल र श्रीलंकाबीच साढे पाँच बजे दोस्रो खेल हुँदैछ।

समूह ‘बी’ मा नेपाल दुई खेलबाट चार अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको भुटानको पनि चार अंक नै छ। श्रीलंकाले तीन अंक जोड्दा माल्दिभ्स अंकबिहीन छ। नेपालले भुटानसँग बराबरी खेल्दा माल्दिभ्सलाई ११-० गोलले हराएको थियो।

माल्दिभ्स बाहिरिदा अरु टोलीको सेमिफाइनल सम्भावना छ। नेपाल र भुटान बराबरीले अन्तिम चारमा पुग्नेछन्। जित निकाले दुवै टोलीको समूह विजेता हुने सम्भावना हुनेछ। हारले भने नेपाल र भुटान बाहिरिन सक्छन्।

यता श्रीलंकालाई अन्तिम चारमा पुग्न खेल जित्नु पर्ने दबाब छ। बराबरी भए पनि श्रीलंका अन्तिम चारमा पुग्न सक्छ। पराजित भए भने श्रीलंका बाहिरिनेछ।

यो समूहको विजेताले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ। उपविजेताले अर्को समूहको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनल आइतबार र फाइनल बुधबार हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖