• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए ।

“यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” श्रेष्ठले भने, “९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ ।

तीन करोडको पछि सरकार किन लागिरहेको छ ?”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖