• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

गृहले गर्‍यो सिडिओहरूको सरूवा


  • धनकुटा खबर
  • .

गृह मन्त्रालयले २७ जना कर्मचारीहरूको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको छ।

गृहले बुधबार र बिहीबार २७ जना कर्मचारीको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको हो। उक्त निर्णयको सूची शुक्रबार मन्त्रालयको वेबसाइटमा राखिएको छ।

गृहले १९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका प्रमुख पनि फेरिएका छन्।

ललितपुरमा रमेश ढकाल आएका छन् भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरूवा भएको छ।

त्यस्तै भक्तपुरमा रहेक रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका छन्। उनी यसअघि डोटीमा थिए।

त्यसैगरी गृहमा रहेका बासुदेव घिमिरे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भएका छन्।

रूपन्देहीमा रहेका गणेश अयाललाई पर्सा पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖