• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

सरकारसँग वार्ता गर्न स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग वार्ता गर्न पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।

बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

साथै बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र वेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖