• Tuesday 6th of October 2026

आज जित्नै पर्ने दबाबमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दैछ ।

एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ ।

यस श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो । नेपालले यसअघि क्यानाडामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेका कारण पनि लिग २ मा आफ्नो प्रभाव बचाइराख्न नेपाललाई जित्नैपर्ने दबाब छ ।

नेपाल क्रिकेट संघ क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् ।

नेपालले दोस्रो खेल मंगलबार अक्टोबर २९ मा स्कटल्याण्डसँग, आगामी शनिबार नोभेम्बर २ मा फेरि अमेरिकासँग र अर्को सोमबार नोभेम्बर ४ मा फेरि स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

लिग २ को अंक तालिका

तेस्रो पटक लिग २ खेलिरहेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकि एक खेल अनिर्णित हुँदा अंक बाँडेको थियो ।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानाडा शीर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड्स ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौँ र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौँ स्थानमा छ । त्यस्तै यूएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖