• Tuesday 6th of October 2026

दशरथ रंगशालामा तनाव, अझै सुरु भएन खेल


  • धनकुटा खबर
  • .

साफ महिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनल खेलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धा अत्यन्तै तनावपूर्ण रह्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हजारौं दर्शकको उपस्थितिमा खेल भएको थियो। जसमा दुवै टोलीले सुरुवाती प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे।

खेलको ५०औं मिनेटमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भयो। रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहेँलो कार्ड देखाएर मैदानबाट बाहिर पठाइन्।

सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी आर. चोन्कीलाई फउल गरेको संकेत गर्दै झण्डा उठाएकी थिइन्। रेखाले चोन्कीसँग बलका लागि जुझ्दा दुबै खेलाडी लडेपछि रेफ्रीको निर्णयले नेपाली समर्थकलाई आक्रोशित बनायो। जसको परिणामस्वरूप दश मिनेट खेल रोकिएको थियो।

खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। भारतले गोल गरेपछि नेपाली टोलीमा दबाब सिर्जना भयो। उनीहरूले पनि तुरुन्तै जवाफी गोल फर्काए।

नेपाली खेलाडीले गोल गरे पनि रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त बन्यो। रेफ्रीले सुरुमा गोल संकेत गरे पनि अन्ततः गोललाई अस्वीकृत गरेपछि “रेफ्री आउट” को नारा गुञ्जियो, जसले खेलमा थप तनावको स्थिति सिर्जना गर्‍यो।

रेफ्रीको निर्णयलाई लिएर नेपाली र भारतीय टोलीबीच विवाद बढ्यो। नेपालले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राख्दै भारतीय खेलाडीहरूले अस्वीकार गरेपछि रेफ्री र खेल व्यवस्थापन असमञ्जसमा परे। यस क्रममा रोकिएको खेल अझै सुरु भएकाे छैन्।

यो सेमिफाइनल खेललाई हेर्न १४ हजार दर्शकको ओइरो लागेको छ। नेपाल र भारतबीचको यो दोश्रो सेमिफाइनल खेलमा नेपालले पुनः भारतलाई हराउन खोजे पनि विवादास्पद निर्णयले खेलमा अन्योलताको स्थिति सिर्जना भएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖