काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।
टेक्सासको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग अमेरिका पराजित भएको थियो ।
नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।
