• Tuesday 6th of October 2026

सलाहको गोलमा लिभरपुल हारबाट जोगियो


  • धनकुटा खबर
  • .

मोहमद सलाहको गोलमा लिभरपुल इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।

आइतबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–२ को बराबरीमा रोकिएको हो।

खेलको पहिलो हाफमा नै २–१ ले पछि परेको लिभरपुलका लागि दोस्रो हाफको अन्तिम समयमा सलाहले गोल फर्काएपछि लिभरपुलले आर्सनलसँग अंक खोसेको हो।

पहिलो हाफको नवौँ मिनेटमा बुकायो साकाको गोलमा घरेलु टोली आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको १८ औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए।

तर खेलको ४३ औँ मिनेटमा मिकेल मारिनोको गोलमा आर्सनलले लिभरपुलविरुद्ध पुनः अग्रता बनाएको थियो।

खेलको ८१ औँ मिनेटमा मोहम्मद सलाहले गोल फर्काएपछि लिभरपुलले आर्सनलसँग अक खोस्न सफल भएको हो।

बराबरीसँगै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लिभरपुल ९ खेलमा ७ खेलमा जित, एक खेलमा बराबरी र एक् खेलमा हार भोग्दै २२ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ५ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल १८ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले न्यु क्यासललाई २–१ गोल अन्तरले पराजित गरेको छ। ५ खेलमा जित र समान २ खेलमा बराबरी र हारको नतिजा भोगेको चेल्सी १७ अंकमा तालिकाको पाचौँ स्थानमा छ।

अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्ट ह्याम युनाइटेडसँग २–१ ले पराजित भएको छ। क्रिष्टल प्यालेसले भने टोटनहममाथि १–० को जित दर्ता गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖