• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद बैठकअघि उर्जामन्त्रीसँग उद्योगपतिहरुसँग छलफल, कुलमानलाई विभागीय कारबाहीको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ कार्तिक । विद्युत बक्यौता विवादको विषयलाई लिएर उद्योगपतिहरुले उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका छन् ।

उनीहरुले आज सिंहदरबार पुगेर मन्त्री खड्कासँग भेटेर आफ्नो समस्या सुनाएका हुन् ।

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने तयारी गरेको चर्चा छ । खासगरी सरकारले दिएको निर्देशन कुलमानले लत्याएको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुलमानलाई तत्काल विभागीय कारबाही गर्नेगरि तयारी थालेका छन् । यही सन्दर्भमा उद्योगपतिहरुले आज उर्जामन्त्री खड्कासँग भेटेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖