अमेरिकामाी जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो दोस्रो खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दैछन्।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल राति सवा ९ बजे हुनेछ।
सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको नेपाली टोली स्कटल्यान्डसँग जित निकाल्ने खोजीमा हुनेछ।
उता स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो।
विश्वकप लिग–२ मा खराब प्रर्दशन गरिरहेको नेपाली टोलीले लय समात्न सकेको छैन। सिरिजमा लगातार खराब प्रर्दशन गर्दै आइरहेको नेपाल सुखद पूनरागमनको खोजीमा छ।
