अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो।
सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको नेपाली टोली स्कटल्यान्डसँग जितको खोजीमा छ।
उता स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो।
