नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध पहिलो ओभरमै विकेट लिएको छ ।
तीव्र गतिका बलर करण केसीले पाँचौं बलमा ओपनर चार्ली टिअरलाई बोल्ड गरेका हुन् । करणको बल रोक्न चाहेपनि मिस भएपछि बोल्ड भएका हुन् ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १
ओभरमा १ विकेट गुमाउँदै १ रन बनाएको छ । नेपालले आज स्पिनर ललित राजवंशीको स्थानमा कुशल मल्ललाई मौका दिएको छ ।
