काठमाडौं । बिश्व कप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालका आरिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।
बुधवार बिहान स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको खेलमा आरिफ प्लेयर अफ द म्याच बनेका हुन् ।
करिब ८ महिना पछि पहिलो ओडिआई जितेको नेपालका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रबाट राम्रो प्रदर्शन गरेका आरिफले यो अवार्ड जित्न सफल भएका हुन् ।
ओडिआई करियरमा उनको यो दोस्रो प्लेयर अफ द म्याच अवार्ड हो । यसअघि सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध उनले पहिलो प्लेयर अफ द म्याच अवार्ड जितेका थिए ।
स्कटल्याण्डविरुद्ध ब्याटिङमा आरिफले ओडिआई करियरको सातौं अर्धशतक पुरा गर्ने क्रममा ४२ बलमा ८ चौकाको सहयोमा नट आउट रहँदै ५१ रन जोडेका थिए । बलिङमा एक विकेट लिएका आरिफले माइकल जोन्सलाई १९ रनमा आउट गराएका थिए । कप्तान रिची बेरिंटन र ब्राड होललाई क्याच आउट गराएका थिए ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
