काठमाडौ । भारतको राजधानी दिल्लीका धेरै क्षेत्रहरूमा वायुको गुणस्तर खराब श्रेणीमा रेकर्ड गरिएको छ ।
प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । बुधबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २५० भन्दा माथि छ ।
जुन खराब को श्रेणीमा पर्छ । सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहौर दोस्रोमा छ । धेरै वायु प्रदूषण हुने शहरको सूचीमा इराकको बगदाद तेस्रोमा छ ।
बंगलादेशको ढाका चौथो स्थानमा रहँदा नेपालको राजधानी काठमाडौं भने २५ औं स्थानमा छ । वायु प्रदूषणको मापन ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
