काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न बिहानैदेखि टिकट लने लाइनमा बसेका धेरै समर्थक टिकट नपाएर निराश फर्किए ।
एन्फाले अनलाइनमार्फत हुने टिकट बिक्री रोकेर बुधबार बिहान जाउलाखेल खेलमैदान र भद्रकालीस्थित जंगीअड्डाको गेटबाट भौतिक रुपमा नै टिकट बिक्री गरेको थियो ।
तर फाइनल खेलका लागि बिक्री गर्ने भनेर तोकिएको ११ हजार टिकट एक घण्टामै बिक्री भयो र लाइन बसेका धेरै दर्शक रित्तो हात फर्किनुपर्यो ।
बुधबार बिहान ४ बजेदेखि दर्शक टिकटका लागि लाइन बसेका थिए । जंगीअड्डाको गेटमा लाइन लागेकाहरुलाई बिहान साढे ९ बजेपछि मात्र टिकट वितरण गरिएको थियो ।
