काठमाडौं। गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान हुने दाबी गरेका छन्।
कास्कीको पोखरा पुगेका कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले मुख हेरेर नभई तथ्य प्रमाणका आधारमा गुरुङमाथि सहकारी प्रकरणमा अनुसन्धान हुने बताएका हुन्।
उनले भने, ‘हाम्रै पार्टी उपसभापति धनराजजीमाथि पनि सहकारी घोटालाबारे अनुसन्धान र छानबिन हुन्छ। तथ्य प्रमाणमा उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ। यसमा कुनै शंका नगर्नुहोला।’
