काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बुधबार घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
प्रतियोगितामा बंगलादेशकी रुक्मा चक्मा बेस्ट गोलकिपर बनिन् ।
भुटानकी देकी लाजोम सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले प्रतियोगितामा आठ गोल गरेकी थिइन् ।
बंगलादेशकी ऋतु पोर्ना चक्मा ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ बनिन् ।
