• Tuesday 6th of October 2026

धोनी सहित पाँच खेलाडी रिटेन गर्दै चेन्नई


  • धनकुटा खबर
  • .

एजेन्सी – चेन्नई सुपर किंग्सले पुर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ ।

इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी भने आज बेलुकासम्म आउनेछ । चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई कति रकममा रिटेन गरेको एकिन भएको छैन । चेन्नईले आफ्नो कुल १ सय २० करोड भारुबाट कम्तिमा रिटेनमा ६५ करोड भारु गुमाउनेछन् । पाँच रिटेन्सनले चेन्नईले अक्सनमा एक राइट-टु-म्याचको विकल्प रहने छ ।

आइपिएलले पाँच वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका खेलाडीलाई अनक्याप्ड श्रेणीमा रिटेन गर्न पाउने नियम ल्याएपछि ४३ वर्षीय धोनीलाई रिटेन गरिएको हो । उनले सन् २०१९ को ओडिआई विश्वकपपछि भारतका लागि खेलेका छैनन् ।

बिहीवार १० फ्रेन्चाइजीले आइपिएलमा रिटेन खेलाडीको सूची बुझाउनु पर्नेछ । सन् २०२५ को सिजनअघि हुने मेगा अक्सनमा टिमले ६ जनासम्म खेलाडी रिटेन गर्न पाउने छन् । जसमध्ये बढीमा पाँच जना अन्तर्राष्ट्रिय र एक जना अनक्याप्ड खेलाडी हुन सक्नेछन् ।

आइपिएलले रिटेन हुने पहिलोका लागि १८ करोड भारु, दोस्रो खेलाडीका लागि १४ करोड भारु, तेस्रो खेलाडीका लागि ११ करोड भारु, चौथोका लागि १८ करोड भारु, पाँचौंका लागि १४ करोड भारु र अनक्याप्ड खेलाडीका लागि ४ करोड भारु खर्च गर्न पाउने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖