काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउसी कार्यक्रममा छमछमी नाचेका छन् ।
आज (बिहीबार) प्रचण्ड पनिवास खुमलटारमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसी खेलिएको थियो । सो कार्यक्रममा प्रचण्डले कलाकारहरुलाई हौसल्ला प्रदान गर्दै आफू पनि नाचेका थिए । उनले कलाकारहरुलाई एक लाख दक्षिणा दिएको बताइएको छ ।
देउसी कार्यक्रममा कलाकारहरु शिला आले, राधिका हमाल, मञ्जु पौडेललगायत सहभागी थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देउसी खेल्न गएका कलाकारको टिमलाई आफू जहिले पनि कला र संस्कृति संरक्षणको पक्षमा रहेको पनि बताए ।
