• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

पर्सि आइतवारदेखि थाई एयर एशियाले काठमाण्डौ र भैरहवाबाट उडान गर्ने


  • धनकुटा खबर
  • .

काठमाण्डौ – थाई एयर एशियाको पर्सि आइतवारदेखि काठमाण्डौ र भैरहवाबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

गएको कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

कम्पनीलाई हप्तामा काठमाण्डौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाण्डौको उडान स्वतः रद्द हुने सर्तसमेत राखी उडान फुकुवा गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖