• Wednesday 7th of October 2026

हङकङ सिक्सेस : नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं – हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियासामु ११२ रनको चुनौती प्रस्तुत गरेको छ।

शनिवार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो।

नेपालका लागि १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै सन्दीप जोराले अर्धशतक पुरा गरे। ५१ रन बनाएका उनकाे यो हङकङ सिक्सेसमा लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ३३ रन बनाए। उनी अस्ट्रेलियाका ज्याक वुडबाट आउट भए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काए। राशिद खानले दुई बलमा १२ रन बनाएको खेलमा एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

नेपालले शुक्रबार सम्पन्न खेलमा इङल्याण्डलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबारनै सम्पन्न पुल बी को अर्को खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि पूल बी बाट नेपाल र अस्ट्रेलिया क्वाटरफाइनलमा पुगिसकेका छन् ।

यस खेलपछि पुल बी को विजेता र उपविजेताको टुङ्गो लाग्ने छ । नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बङ्गलादेशसँग खेल्ने छ । पूल बी बाट दुवै खेल हारेर बाहिरिएको इङल्याण्डले भने प्लेट च्याम्पियनसिप खेल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖