• Tuesday 6th of October 2026

हङकङ सिक्सेस क्वाटरफाइनल : नेपाललाई श्रीलंकाले दियो १२४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाललाई श्रीलंकाले १२४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनायो । श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए ।

लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।

नेपालका प्रतिश जिसी र नारायण जोशीले एक/एक विकेट लिए ।

समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖