• Tuesday 6th of October 2026

अमेरिकाविरुद्ध नेपालले जित्यो टस, यस्तो छ प्लेइङ ११


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध टस जितेको छ ।

आईसीसी विश्वकप लिग–२ को आजको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।

नेपाली टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖