• Tuesday 6th of October 2026

बोर्नमाउथसँग म्यानचेस्टर सिटी पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ – म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी बोर्न माउथसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बोर्नमाउथको जितमा एन्टोनी सेमेनयो र इभानिल्सनले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि जोसको गाभर्डिओलले एक गोल गरेका थिए ।

यो जितपछि बोर्नमाउथको १० खेलमा १५ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ । त्यस्तै म्यानचेस्टर सिटीको भने १० खेलमा २३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖