काठमाडौं । हङकङ सिक्सेजको प्लेट सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ ।
मोङ कोकमा आईतबार भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भई बाहिरिएको नेपालले प्लेट फाइनलमा पुग्न यूएईसँग प्रतिस्पर्धा गरेको थियो ।
अब यूएईले दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
९५ रनको लक्ष्य यूएईले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । यूएईका लागि आसिफ खानले ५५ र अन्स टन्डनले अविजित २३ रन बनाए ।
नेपालका लागि भने राशिद खानले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले नेपालले पूरै ओभर खलेर ३ विकेटको क्षतिमा ९४ रन बनायो । नेपालका लागि विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए ।
लोकेश बम १९ र कप्तान सन्दीप जोरा ७ रनमा आउट बनाउँदा राशिद खानले खाता खोल्न सकेनन्। प्रतिश जिसी १४ रनमा अविजित रहे।
युएईका अकिफ राजाले सर्वाधिक दुई विकेट लिए ।
