• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रविलाई बुटवल पठाउनेबारे अलमलमा प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कार्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुटवल पठाउने तयारी थालेको बताइएको छ ।

गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि सुप्रिम सहकारीको बचत अपचलन अनुसन्धान गर्न बुटवल ल्याउन लागिएको हो ।

सूर्यदर्शन सहकारीको बचत अपचालन र संगठित अपरा कुसुरका आरोपित लामिछानेलाई कास्की प्रहरीले दुई पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक थप गरिएको म्याद गत कार्तिक १४ गते नै सकिएको छ । तिहार विदाका कारण अहिले उनी कास्की प्रहरी हिरासतमा नै छन् ।

भोलि (मंगलबार) लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने कि बुटवल पठाउने भन्नेमा प्रहरी प्रशासन अलमलमा रहेको बताइएको छ । तराईका जिल्लाहरुको छठ पर्वको बेला रहेको र बढी भिडभाड हुने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरीले अझै निर्णय लिन नसकेको स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖