• Tuesday 6th of October 2026

रियल मड्रिड घरमै पराजित


  • धनकुटा खबर
  • .

स्पेनिस क्लब रियल मड्रिड घरमै पराजित भएको छ।

युएइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सान्टियागो बर्नाबेउमा रियल एसी मिलानसँग ३-१ गोलले पराजित भएको हो।

मलिक थियले पहिलो गोल गर्दा १२ औं मिनेटमै रियल पछि परेको थियो।

२३ मिनेटमा पाएको पेनाल्टी अवसरलाई भिनिसियस जुनियरले सदुपयोग गरेपछि खेल बराबरीमा पुगेको थियो।

३९ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि रियल पुनः १-२ गोलले पछि परेको थियो। तिज्जानी रेइन्डर्स ७३ मिनेटमा गरेको गोल निर्णायक हुँदा रियल आफ्नै घरा ३-१ गोलले पराजित हुन पुगेको हो।

च्याम्पियन्स लिगको जारी सिजनमा चार खेल खेलेको रियलको यो दोस्रो हार हो। दुई खेलमा भने जित निकालेको रियल ६ अंक जोडेर १७ औं स्थानमा छ। मिलान १८ औं नम्बरमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖