• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

सांसद दिपक मनाङेलाई आज पक्राउ गर्ने प्रहरीको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । गण्डकीका प्रदेश सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई प्रहरीले आज पक्राउ गर्ने तयारी गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामासर्वाेच्च अदालतले उनलाई मंगलबार ५ वर्ष कैद सुनाएपछि प्रहरीले उनलाई आज पक्राउ गर्ने तयारी गरेको हो । दुई तहको अदालतले दोषी ठहर गरेपछि अब उनी फरार अपराधी भएका छन् ।

यद्यपी मंगलबार लिखित फैसला नआएकाले प्रहरीले पक्राउ गरेको थिएन । बुधबार सर्वाेच्चले लिखित फैसला दिएलगत्तै उनलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

२०६१ सालमा अर्का डन चक्रे मिलनलाई खुँडा प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका हुन् । सो मुद्दामा उनी यसअघि नै दुई वर्ष जेल बसिसकेका छन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖