• Tuesday 6th of October 2026

महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो खेलमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ – महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १३.४ ओभरमा अल आउट हुदै केवल ३५ रन बनाएको थियो ।

नेपालले अब दोस्रो खेल विहिबार कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।

विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पुजा महतो ‘कप्तान’, सोनी पाख्रिन ‘उपकप्तान’, अलिशा यादव ‘विकेटकिपर’, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । चार देशले एक अर्काविरुद्ध २(२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖